चितनवमा बर्डफ्लू देखियो


फाइल फोटो


चितवन। चितवनका केही पोल्ट्री फर्ममा बर्डफ्लू अर्थात (एभियन इन्फ्लुएन्जा)को संक्रमण देखिएको छ । राष्ट्रिय पन्छिरोग अन्वेषण प्रयोगशाला भरतपुरका अनुसार, चितवनका दुई वटा पोल्ट्री फर्ममा एच नाईन एभियन इन्फ्लुएन्जा देखा परेको हो ।

भरतपुर महानगरपालिका ८ गौरिगञ्ज र रत्नगरनरपालिकाको १३मा रहेको दुई वटा पोल्ट्री फर्मका कुखुरामा रेपिड टेष्ट (एन.डि.आई.वि.डि र ए.आई) ग¥यौँ । त्यसमा बर्डफ्लूको शंकालागेर कात्तिक चार गते काठमाण्डौमा रहेको सेन्ट्रल भेटेनेरेरी ल्याब्रोटरी पठाएका थियौँ ।”




राष्ट्रिय पन्छिरोग अन्वेषण प्रयोगशालाका सुचना अधिकारी तथा पशु चिकित्सक इन्दुराय यादवले भने, “परिक्षण गर्दा कुखुरामा एभियन इन्फ्लुएन्जा भएको पुष्टि भयो ।” अहिले एभियन इन्फ्लुएन्जा देखा परेको स्थानमा समस्याको सामधान भएको यादवले बताए । तर, कुखुरा नष्ट गरे नगरेको विषय भने खुलाईएको छैन ।



सम्बन्धित
Loading...