सीमा सुरक्षाका लागि सेना खटाइनुपर्छ: युवा अभियान

138







‘सीमा रक्षाका लागि युवा अभियान’ले भारतद्वारा जारी नयाँ नक्सा खारेज गर्न माग गरेको छ । नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा समावेश गरेकोमा आपत्ति जनाउँदै युवा अभियानले तत्काल नक्सा सच्याउन पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

अभियानका अध्यक्ष रामचन्द्र गौतमले भने, ‘नेपाली भूमीलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गर्नु दुर्भाग्य हो । नेपाल सरकारले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ । तत्काल आफ्नो भुमी फिर्ता लिनुपर्छ ।’
अभियानका उपाध्यक्ष उत्तर खड्काले नेपाल सरकारले भारतसँग छिटोभन्दा छिटो वार्ता गरेर विवाद समाधान गर्नुपर्ने बताए । ‘भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको काम हो । कुटनीतिक तवरले तत्काल समाधान गरिनुपर्छ, ’उनले भने ।
यस्तै, अभियानका महासचिव टीका सुवेदिले सीमा विवाद समाधान गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए । ‘ सरकार भारतको हस्तक्षेप सहेर बस्न मिल्दैन । छिटो भन्दा छिटो विवाद समाधान गर्नुपर्छ,’उनले भने ।
अभियानका प्रवक्ता सहदेव चौलागाइँले नेताहरुको कमजोरीका कारण भारतले बारम्बार नेपालमाथी हस्तक्षेप गरिरहेको आरोप लागाए । ‘बाहिर विरोध गरेजस्तो गर्ने भित्र मिलेमतोमा काम गर्ने नेताका कारण नेपाली भूमी भारतले मिचेको हो । नेपाली भूमीको रक्षाका लागि सबै जुट्नुको विकल्प छैन,’ चौलागाइँले बताए ।
अभियानले नेपालको सीमा रक्षाका लागि सेना खटाउनसमेत माग गरेको छ । कालापानीलगायतका विवादित भूभागमा भारतले सैन्य क्याम्प खडा गरेर अतिक्रमण गरेकाेमा आपत्ती जनाउँदै अभियानले सीमा सुरक्षाका लागि सेना खटाउनुपर्ने सुझाव दिएको हो ।

You might also like
Loading...