भरतपुरमा स्थापना गरियो मुख्य निर्वाचन अधिकृतको कार्यालय

182







मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि चितवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  बुधबार विहान चितवन जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको नागरिक समाजका अध्यक्ष केदार मल्लले समुद्घाटन गरेका थिए ।


कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हेमन्त रावल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी, नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ललगायतको उपस्थिति रहेको थियो ।
यस्तै आज नै पूर्वीचितवनको खैरहनी नगरपालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पुरानो नगरपालिकाको भवनमा निर्वाचन अधिकृत विद्याराज पौडेलले कार्यालयले समुद्घाटन गरे ।

चितवनमा भरतपुर महानगरपालिका वडा नं.१६ को अध्यक्ष, खैरहनी नगरपालिकाको वडा नं.४ र ५ को वडा अध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि जिल्लामा तयारी तीव्र पारिएको छ । राजनीतिक दलहरुले पनि उपनिर्वाचनका लागि उम्मेद्वार घोषणा गरि सकेका छन् ।


You might also like
Loading...