बर्दघाटमा भोलिदेखि मेला

253







नवलपरासी । बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा विहीबारदेखि संचालन हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
मेला स्थलमा स्टल निर्माण, मञ्च निर्माण, सचिवालय संगै बाल उद्ययन तर्फको सवै निर्माण कार्य सकिएको छ ।
मेलामा रहने २ सय स्टलहरु सवै वुक भैसकेको स्टल सम्योजक सन्दिप पौडेलले जानकारी दिए । मेलाको उद्घाटनका लागि प्रदेश नम्बर ५ का उद्योग पर्यटन बन तथा बाताबरण मन्त्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटन समारोहमा विभिन्न जातजातीहरुका झांकीसमेत प्रस्तुत हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
विहीबार नै मेला उद्घाटन पूर्व विहान ९ बजेदेखि रक्तदान कार्यक्रम समेत राखिएको छ ।
बर्दघाट मेलामा मुख्य आकर्षणको रुपममा कृषिजन्य उत्पादन, जातिय परम्परागत संस्कृति झल्किने घरहरु, भलिवल प्रतियोगिता लगायत रहेका छन् । मेला मंसिर १ गते समापन हुनेछ ।



You might also like
Loading...