थाईल्यान्डमा बन्दुकधारीको आक्रमणमा १५ जनाको मृत्यु

161







दक्षिणी थाईल्यान्डमा सन्दिग्ध पृथक्तावादीहरूको आक्रमणमा कम्तीमा १५ जना मृत्यु भएको छ। हालैका वर्षहरूमा भएकामध्ये सबैभन्दा ठूलो उक्त आक्रमणमा मारिनेहरूमा प्रहरी अधिकृत पनि रहेको बताइएको छ।


याला क्षेत्रको एउटा सुरक्षाजाँच हुने चौकीमा विस्फोटक पदार्थ प्रयोग गरेर आक्रमण गरिएको र सडकमा किला छरेर आक्रमणकारीहरू भागेका थिए। सन् २००४ मा सुरु भएको पृथक्तावादी विद्रोहमा दक्षिणी थाईल्यान्डमा हजारौँ मानिसको ज्यान गइसकेको छ।

मङ्गलवार राति द्वन्द्वग्रस्त याला क्षेत्रमा आक्रमणकारीले सुरक्षा चेकपोस्टलाई लक्ष्य बनाउँदा एक प्रहरी अधिकृत र अन्य स्थानीय सुरक्षा स्वयंसेवकहरूसहित कम्तीमा १५ जनाको मृत्यु भएक छ।


You might also like
Loading...