नवलपरासीको देवचुलीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

869







नवलपरासी, २१ कार्तिक ।  पूर्वी नवलपरासीको देवचुलीमा बुधबारराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
देवचुली १७ फारम चोक बुधबार राति १ बजे लु ४१ प २९३९ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सेतो रंगको बोलेरो जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो ।
दुर्घटनापरी गम्भीर घाइते अन्दाजी २५ बर्षका पुरुष व्यक्तिको उपचारको क्रममा विहीबार विहान ३ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनको अझै सनाखत हुन सकेको छैन ।
त्यसैगरी मोटरसाइकल चालक पाल्पाको पोखराथोक बस्ने २२ बर्षका राजेश नेपालको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारी साधनको अझै पहिचान हुन सकेको छैन ।


You might also like
Loading...