नारायणी नदीमा हाम फालेर ७० बर्षीय पुरुषको मृत्यु

284







 

नवलपरासी । नारायणगढ बजार नजिकै नारायणी पुलबाट नदीमा हाम फालेर एक जनाको ७० बर्षीय पुरुषको मृत्यु भएको छ ।


बुधबार विहान ९ः३० बजेको समयमा पुलमा हाम फालेको सल्यान जिल्लाको वनघाट १ बस्ने ७० बर्षीय अम्बर बहादुर शाहीको मृत्यु भएको हो ।

शाहीले नदीबाट हाम फालेको थाहा पाउन साथ नारायणगढ र गैडाकोटको प्रहरी टोलीले उनको जिउँदै उद्दार गरेको भए पनि उनको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । उनको छोरा सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय गैडाकोट नवलपुरले जनाएको छ ।

यसअघि गत शनिबार पौडिएर नारायणी पार गर्न खोज्दा चितवन मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका सुवर्ण केसी बेपत्ता भएका छन् ।

त्यसअघि गत हप्ता बच्चासहित हामफालेका एक पुरुषको मृत्यु भएको थियो भने बच्चा नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । नदीमा बगेकाहरुको खोजीकार्य भइरहेकोे छ ।


You might also like
Loading...