आलमको बयान सकियो, आजदेखि थुनछेक बहस हुँदै


रौतहट । रौतहटको राजपुरमा बम बिष्पोट गराइ जिउदै मान्छे इटा भट्टामा पोलेर मारेको आरोपमा पक्राउ परेका निर्बतमान संसद तथा पुर्व मन्त्री अफताब आलमको बयान सकिएको छ । जिल्ला अदाललत रौतहटमा तीन दिनदेखि जारी बयान बिहीबार सकिएको हो । आजै थुनछेक बहस हुनेछ ।




२०६४ साल चैत २७ गते एक दर्जनभन्दा बढीलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको आरोपमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ ।

आलममाथि लगाइएका तीन मुद्दा मध्ये कर्तव्य ज्यान मुद्दा सम्बन्धी बयान मात्र बुधबार सकिएको थियो । आलमलाई आज ज्यान मार्ने उद्योग र बम विस्फोटन सम्बन्धी कसुरका बारेमा प्रश्न सोधिएको छ ।


अघिल्लो संबिधान सभाको निर्वाचनमा बम बिष्पोट गरेको आरोपमा पक्राउ परेका नेपाली काग्रेसका नेता तथा पूर्वमन्त्री आलम सहित १० जनालाई जन्म कैद मुद्दा दर्ता भएको हो ।




सम्बन्धित
Loading...