सिरहामा घाँटी रेटिएको अवस्थामा पुरुषको शव फेला

155







सिरहा । सिरहामा आज बिहान एक अपरिचित व्यक्तिको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

सिरहा नगरपालिका वडा नम्बर १२ स्थित कमलानदीको पूर्वपट्टी तटबन्ध भन्दा तल अन्दाजी ४५–५० वर्षीय पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।


आज बिहान करिब ६/७ बजेको समयमा स्थानीयहरु खेतमा काम गर्न गएको बेला शव देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबर पछि प्रहरी हाल घटनास्थलमा पुगी अनुसन्धान गरिरहेको छ भने शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


You might also like
Loading...