नवलपरासीको देवचुलीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

452







शोभा जिसी –


नवलपुर, २१ कार्तिक ।
पूर्वी नवलपरासीको देवचुलीमा बुधबारराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
देवचुली १७ फारम चोक बुधबार राति १ बजे लु ४१ प २९३९ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सेतो रंगको बोलेरो जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
मोटरसाइकल चालक पाल्पाको पोखराथोक बस्ने २२ बर्षका राजेश नेपालको पुरानो मेडिकल कलेजमा विहीबार विहान उपचारको क्रममा निधन भएको हो ।
त्यसैगरी दुर्घटनापरी गम्भीर घाइते अन्दाजी २५ बर्षका पुरुष व्यक्तिको उपचारको क्रममा विहीबार विहान ३ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनको अझै सनाखत हुन सकेको छैन । उनको साथमा आशिष चौधरीको नाममा रहेको एटिएम कार्ड फेला परेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारी साधनको अझै पहिचान हुन सकेको छैन ।


You might also like
Loading...