भारतीय हस्तक्षेपको विरोधमा कैलालीमा क्रान्तिकारी विद्यार्थीको प्रदर्शन





धनञ्जय अवस्थी –

कैलाली। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारी र जनमोर्चा निकट अखिल छैटौले कालापानी क्षेत्रमा भएको भारतीय अतिक्रमणको विरोधमा प्रदर्शन गरेका छन् । बिहीबार उनीहरुले कैलालीको अत्तरियामा भारतीय विस्तारवादी हस्तक्षेपको विरोधमा चर्काे नाराबाजी र वक्तव्यबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरुले देशको स्वाधीनता, सार्वभौमिकता र अखण्डता बचाउन रगत बगाउनु परे पनि पछि नहट्ने उद्घोष गरेका छन् । विरोध प्रदर्शनपछिको संयुक्त कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष पुस्कार जोशीले भने, “राष्ट्रियता गम्भीर संकटमा छ, आफ्नो स्वाभिमान गुमाउने अवस्थामा नेपाल पुगेको छ, राष्ट्रियता बिरुद्धको नाङ्गो हस्तक्षेपका विरुद्ध अखिल क्रान्तिकारी रगतको खोलो बगाउन पनि तयार छ ।”
राष्ट्रियता गम्भीर संकटमा रहेको बेला हरेक नेपाली त्यसमा पनि क्रान्तिकारी विद्यार्थीहरु चुप लागेर बस्न नसक्ने अध्यक्ष जोशीले बताए ।

 




कञ्चनपुरमा क्रान्तिकारी माओवादीको विरोध प्रदर्शन

कञ्चनपुर, कार्तिक २१ । भारतीय विस्तारवादद्वारा नेपालीभूमिमाथि गरेको अतिक्रमणको विरोधमा क्रान्तिकारी माओवादी देशव्यापी आन्दोलित बनेको छ । बिहीबार क्रान्तिकारी माओवादी कञ्चनपुरको आयोजनामा विरोध प्रदर्शन गरेको छ । भारतीय विस्तारवादले गरेको सीमा अतिक्रमणका विरुद्धमा कैलाली, काठमाडौं उपत्यका, चितवन लगायतका विभिन्न ठाउँमा क्रान्तिकारी माओवादीले विरोध प्रदर्शन गरेको छ ।
बिहीबार क्रान्तिकारी माओवादी कञ्चनपुरले पुरानो जिल्ला प्रशासन कार्यालय नजिकबाट निकालेको विरोध ¥याली बजार परिक्रमा गरी महेन्द्रनगरको मदनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै पार्टीका केस तथा जिल्ला इन्चार्ज हरि सुदेदीले सरकारको लाचारीपनले पटक पटक सिमा विवाद हुने गरेको भन्दै कालापानीको बिबाद धेरै पहिलेदेखिको भए पनि अहिलेसम्म कुनै पनि सरकारले सिमा विवाद समाधान गर्न नसकेको दाबी गरे । नेता सुवेदीले राष्ट्रिय वाधीनता, सार्वभौमिकता, अखण्डता बचाउन र कालापानी लिपुलेक भूमिको रक्षा गर्नका लागि क्रान्तिकारी माओवादी जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए ।
अखिल (क्रान्तिकारी)का केस केशव साउदले सञ्चालन गरेको कोणसभामा भारतीय विस्तारवादका विरुद्धमा चर्को नाराबाजी गरिएको थियो ।




सम्बन्धित
Loading...