आज हरिबोधनी एकादशी, विष्णु मन्दिरमा भक्तजनको घुँईचो
आज हरिबोधनी एकादशी । सनातम धर्मका अनुयायीहरुले आजको दिनलाई ठूलो एकादशीको रुपमा पूजापाठ गरी मनाउने गर्दछन् ।
मंसिर शुक्ल एकादशीदेखि सुरु भएको चतुर्मास आज कात्तिक शुक्ल एकादशीमा समाप्त हुने गर्दछ ।
पौराणिक कथनअनुसार यो समयमा विष्णु भगवान शयन अवस्थामा रहनु हुने हुँदा विवाह आदी कार्यहरु जुराउनु हुँदैन ।
तर आजदेखि विष्णु भगवान शयनबाट ब्युझने हुँदा विवाह आदी शुभ कार्यहरुका लागि उत्तम मानिन्छ । भगवान विष्णुको प्रतीक तुलसीको पनि आजै पूजाआज गर्ने गरिन्छ ।
आजको दिनलाई तुलसी विवाहको दिनको रुपमा समेत पुज्ने चलन छ । घरघरमा सजाइएको तुलसाको मठमा आज पवित्र विधि परम्परा अनुसार पूजा गरिन्छ । आजको दिन तुलसीको आयुर्वेद महत्वलाई समेत सम्झने गरिन्छ ।
आज काठमाडौं उपत्यकाका चार नारायणलगायत देशैभरका विष्णु मन्दिरमा भक्तजनको घुँईचो एवं विशेष मेला लाग्नेछ ।
ठूलो एकादशीको अवरुमा आज नवलपुरको पिठौली, गुन्द्रेही ढकाहा, पितौजी घाट, चितवनको देवघाट लगायतका क्षेत्रमा मेला लाग्ने गर्दछ।
त्यसैगरी आज विहानैदेखि नारायणी नदी किनारमा स्नान गर्न जाने भक्तजनहरुको घुँइचो लागेको छ।