नेविसंघको काठमाडौंमा प्रदर्शन

200







कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नेपाली भूभाग भारतीय नक्साभित्र राखेको भन्दै शुक्रबार बिहानै काठमाडौँमा नेविसंघले प्रदर्शन गरेको छ ।


काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघको अगुवाईमा विरोध प्रदर्शन भएको हो । उनीहरुले नेपाली भूमि मिच्ने भारतीय कदमको कडा विरोध गरेका छन् । भारतीय विस्तारवाद मुर्दावाद्, सीमा मिच्न पाइँदैन, लिपुलेक हाम्रो हो, ‘गो व्याक इण्डिया’ जस्ता नारा लगाएका थिए ।


You might also like
Loading...