चितवनमा भूकम्पले क्षति पुगेका चार हजार दुई सय पाँच घर बने





चितवन । भूकम्पबाट क्षति पुगेका घरमध्ये चार हजार २०५ घरको निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनले दिएको जानकारीअनुसार जिल्लामा हालसम्म ६३ प्रतिशत घर बनेका हुन् ।

जिल्लामा रहेका सात हजार ३३५ लाभग्राहीमध्ये चार हजार २०५ जनाले आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता बापतको रकमसमेत लगिसकेको कार्यालयका इन्जिनीयर सुभाष न्यौपानेले जानकारी दिनुभयो । लाभग्राहीमध्ये ६ हजार ६२९ जनाले पहिलो किस्ता लगेका थिए ।




न्यौपानेका अनुसार दोस्रो किस्ता पाँच हजार २५३ जनाले प्राप्त गरेका छन् । भूकम्प प्रभावितहरुले आवास निर्माणका लागि पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत रु एक लाख ५० हजार र तेस्रो किस्ताबापत रु एक लाख प्राप्त गर्ने छन् । रासस




सम्बन्धित
Loading...