लागुऔषध सहित दुई जना पक्राउ

375







शोभा जिसी –
नवलपरासी । पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले बर्दघाट ४ शान्ति चौरबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका ११ बसेनी बस्ने १९ बर्षीय संजय तामाङ र एक जना १३ बर्षीय बालक रहेका छन् ।
प्रहरीले संजयको साथबाट डाइजापाम ४७ एम्पुल, नुफिन ४७ एम्पुल, फेनारागन ४७ एम्पुल, नाइट्रोभेट ७ थान, स्ट्रेगन ३ थान बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।



You might also like
Loading...