बहिरा संघको साधारण सभा कावासोतीमा

489







तस्वीर सौजन्यः सागर लुइटेल

कावासोती । नवलपरासी बहिरा संघको १४ औं साधारण सभा तथा पाचौं अधिवेशन शुक्रबार कावासोतीमा भएको छ ।
साधारण सभामा जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष चेसराम आले, जिल्ला शिक्षा समन्वय इकाइ कार्यालय नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेल, बहिरा महासंघका गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशका प्रतिनिधि, अपाङ्गता पुनस्थापना केन्द्र नवलपुरका अध्यक्ष सागर लुइटेल लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि आलेले जिल्ला स्तरका अपाङ्गता सम्बन्धी कार्यक्रम गर्न स्थानीय निकायसँग समन्वय गरेर पहल गर्ने बताए ।
५० जना बहिरा प्रतिनिधिहरुको सहभागिता रहेको उद्घाटन कार्यक्रम प्रतिमा गुरुङको अध्यक्षता र दीपावली शर्माको सञ्चालनमा भएको थियो ।
बन्द शत्र शनिबार हुने जनाइएको छ ।



You might also like
Loading...