माेटरसाईकलकाे ठक्करबाट दुई जना बालक घाईते

178







डडेल्धुरा- वडा कार्यालयको मोटरसाईकलको ठक्कर बाट दुई बालक घाईते भएका छन । भित्रि मधेश जोगबुडाको परशुराम नगरपालिका–९ गाइबाँधेको कुयापानीमा मोटरसाईकलले ठक्कर दिला दुई नाबालक विद्यार्थी घाइते भएका हुन ।


परशुराम नगरपालिका–८ को कार्यालय जमरानीको नाममा रहेको म १ ब ३०८ नम्बरको मोटरसाइकलले शुक्रबार बिहान पौने १० बजे ठक्कर दिदा ६ बर्षियद्धय प्रदिप बोहरा र विकास बोहरा घाइते भएका हुन ।

जोगबुडा बाट जमरानी तर्फ जाँदै गरेका जमरानी बर्थिङ सेन्टरका अहेव रमेश बोहराले चलाई रहेको मोटर साईलले बालक लाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनायो । सहश्रलिङ्ग इङ्गलिस बोर्डिङ स्कुलमा अध्ययनरत बालक लाई विद्यालय जानेक्रममा ठक्कर दिएको घाइतेका आफन्तले बताए ।

घाइते प्रदिप एल.के.जी र विकास यु.के.जीमा अध्ययनरत विद्यार्थी हुन । दुबै जनाको देब्रे आँखामा चोट पुगेको छ । घाइते विकास भने वान्ता गरिरहेको जोगबुडा अस्पतालका डा.विकास घिमिरेले जानकारी दिए । जोगबुडा अस्पतालमा सामान्य उपचार पछि घाइते दुई जना बालक लाई थप उपचारका लागी सेती प्रादेशिक अस्पताल रेफर गरिएको छ ।


You might also like
Loading...