भरतपुर अस्पतालको भर्याङमा झुण्डिएर बिरामी कुरुवाले गरे ‘आत्महत्या’
भरतपुर अस्पतालको भर्याङमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको छ । अस्पतालको मेडिसिन विभाग नजिकको भर्याङमा झुण्डिएको अवस्थामा लम्जुङका विष्णु सुनारको शव फेला परेको हो ।लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर २ स्थायी ठेगाना भएका सुनारको घाँटीमा रुमाल जस्तो सलको पासो छ । गएराति करिब ८ बजे उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
तीन महिना अगाडि सुत्केरी भएकी श्रीमतीलाई मुटुको तल्लो भागमा पानी जमेपछि उपचार गराउन कात्तिक १७ गते सुनार भरतपुर अस्पताल आएका थिए । सासुसहित अस्पताल आएका उनले आत्महत्या गरेको चितवन प्रहरीको भनाइ छ । यद्यपि उनले आत्महत्या गर्नुको कारण खुलेको छैन ।