पर्यटन वर्ष २०२०ः सफल पार्न जुट्दै हुप्सेकोट गाउपालिका





शोभा जिसी
नवलपुर । सेन वंशीय राजाका पालाको शेन वंशीय दरबार रहेको ऐतिहासिक गढी रुद्रपुर गढी, नेपालकै ठूलो फलाम खानी, चौबिसैं घण्टा सरर हावा चल्ने धौवादीको डाँडा हुप्सेकोट गाउँपालिकाको पर्यटकीय क्षेत्रहरु मध्येका प्रमुख क्षेत्रहरु हुन् ।
त्यति मात्र नभएर हुप्सेकोट गाउँपालिका भित्र लोपउन्मुख जनवार घोरलको वासस्थान, होम स्टे, विभिन्न मन्दिरहरु, लालीगुँरास पनि पर्यटकलाई आकर्षित गर्ने प्रमुख थलोहरु हुन् ।
यिन क्षेत्रहरुलाई लक्षित गरी हुप्सेकोट गाउँपालिकाले पर्यटन बर्ष २०२० लाई सफल पार्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न शुरु गरेको छ ।
पर्यटन बर्ष २०२० मा गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रमा आन्तरिक र वाह्य पर्यटकहरु आउन भन्नका लागि गाउँपालिकाले स्थानीय स्तरबाटै प्रचारप्रसार तिव्र पारेको गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताइन। हुप्सेकोट गाउँपालिकाले पर्यटन वर्ष २०२० सफल पार्नका निमित्त विभिन्न कार्यक्रम सन्चालन गर्दै आएको छ। गत भदौ १२ गते संस्कृती, पर्यटन तथा नागरिक उययन मन्त्री योगेश भट्टराईको उपस्थितिमा अभियानको थालनी गरिएको थियो।
गाउँपालिकाले मन्त्री भट्टराईको उपस्थितिमा ऐतिहासिक रुद्रपुरगढी पर्यटकीय क्षेत्र उदघाटन, लाली गुरास संरक्षीत क्षेत्र घोषणा लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ ।
मन्त्री भट्टराईले इलामको कन्याम सँग तुलना गरेको मनमोहक स्थल देवचुली नगरपालिकाको दलदलेबाट २६ कि.मि.र हुप्सेकोटको केन्द्र रहेको झ्यालबासबाट ४१ कि.मि.मा पर्दछ । हुप्सेकोट गाउँपालिका पर्यटन बर्षलाई सफल पार्नका लागि विभिन्न कार्यक्रमको योजना निर्माणमा व्यस्त रहेको अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् ।
हुप्सेकोट गाउँपालिका प्रचुर सम्भावना बोकेको गाउँपालिका भएता पनि सिमित श्रोत साधनका कारणले काम अघि बढाउन नसकिएको भन्दै मन्त्रीको आश्वासन पछि भने योजना निर्माणमा लागेको अध्यक्ष पान्डेले बताइन् ।


अहिले गाउँपालिकाले पहिचान नभएका ऐतिहासिक र पर्यटकिय क्षेत्रको पहिचान गर्न र पहिचान भएका पर्यटकीय महत्व बोकेका सम्पदा, श्रोत र स्थलको डिपिआरको कामलाइ दुर्त गतिमा अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लब न्यौपानेले जानकारी दिए ।
उनले भने – ‘अहिले हामी पहिचान नभएका पर्यटकिए स्थलको पहिचानमा र पहिले देखि पहिचान बोकेका स्थलको डिपिआरको तयारीमा छौं।’ नका अनुसार विकाश निर्माणलाई उत्पादन सँग जोड्ने गाउँपालिकाको रणनितिलाइ सहयोग पुग्ने गरि नै पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा गाउँपालिकाले जोड दिएको छ ।
गाउँपालिकाले अहिले सेवा लिन आउने सेवाग्राहीलाइ आफ्नो ठाउँको पर्यटकीय क्षेत्रको परिचय दिन र पर्यटन वर्षको अपनत्व जनतामा बढाउनका लागि गाउँपालिका कार्यालयको प्रत्येक शाखाको नामाकरण गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको नामबाट गरेको छ ।
गाउँपालिका भित्र राजा रुद्रप्रताप सेनको रुद्रपुरढ गढि दरबार, शान्तिबाटिका, श्री पोखरी, जारे भञ्ज्याङ्, पहारे बसेनी, कृष्ण ढुंगा, थुम्किदेबी मन्दिर, धौवादीको विन फेन, लालीगुँरास क्षेत्र, फलामखानी लगायतका पर्यटकिय स्थल एबं सम्पदा रहेका छन भने यिनैको नामबाट गाउँपालिकाको प्रत्येक शाखाको नामाकरण पनि गरिएको छ ।
अध्यक्ष पाण्डेले प्रशस्त पर्यटकीय क्षेत्रको सम्भावना रहे पनि पर्यटकीय क्षेत्रसम्म पर्यटक जानका लागि बाटो नै प्रमुख समस्या रहेको बताए । त्यसका लागि गाउँपालिका आफैले बजेट विनियोजन गरेर बाटो निर्माण गर्ने, संघीय र प्रदेश सरकारसँग बजेट माग गर्ने, पर्यटकीय क्षेत्रमा पूर्वाधार विकासका लागि फागुन महिनामा लगानी सम्मेलन गर्ने लगायतका योजनाहरु बनाएर गाउँपालिकाले कामलाई अगाडि बढाएको छ ।





सम्बन्धित
Loading...