गैडाकोटमा करेन्ट लागेर मध्यविन्दुका महतोको मृत्यु

438












गैडाकोट । नवलपरासीको गैडाकोटमा शनिबार राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
गैडाकोट नगरपालिका १० नमुना चोकमा रहेको भित्री सडक खण्डमा ना २ ख ९०७८ नम्बरको पराल बोकेको ट्रकमा करेन्ट लागेर नवलपरासीको मध्यविन्दु नगरपालिका ६ बस्ने २४ बर्षीय मतिराम महता थारुको निधन भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो । ट्रकको पराल माथि बसेका महतो विद्युतको नाङ्गो तारसँग छोइएर करेन्ट लागेको हो ।
ट्रक चालक फरार रहेको र उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए ।




You might also like
Loading...