अष्ट्रेलियामा भीषण आगलागी, ३ जनाको मृत्यु, हजारौं विस्थापित
अष्ट्रेलियाको झाडीबाट सल्किएको डढेलो बस्तीमा पस्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १५० घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
अष्ट्रेलियाको पूर्वी क्षेत्रको करिब १ हजार किलोमिटर क्षेत्रमा आगो लागेको हो । आगलागीमा जली घाइते कतिपयको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान सरकारी अधिकारीहरूले गरेका छन् ।