नवलपरासीमा धुमधामका साथ १४९४ औ मोहम्मद जयन्ती मनाइयो

224







परासी। मुस्लिम समुदायहरुले आज नवलपरासीमा १४९४ आंै मोहम्मद ज्यन्ति धुमधामका साथ मनाएका छन् । मुस्लिम सुमदायको महान पर्व बारहररबिउल अव्वल अर्थात ईस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १४९४ आंै जयन्ती जिल्लाको सदरमुकाम परासीमा धुमधामका साथ मनाएका हुन् ।


फैजाने अहले बैत संस्थाको आयोजनामा मुस्लिम समुदायले जिल्लाको विभिन्न गाउँ–ठाउँबाट स–साना मोहम्मद ज्यन्ती ज्लुस सदरमुकाम परासीमा ल्याई विशाल ज्लुसको रुप दिदै नगर परिक्रमा गरेका छन् । सबै ज्लुसहरु शान्तीचौरमा ईकट्टा भई ठुलो ज्लुसको रुप दिदै बाईपास चोक, जिल्ला प्रशासन कार्यालय हुदै बुद्धचोक स्थित कोणसभामा परिण भएको थियो ।

ईस्लाम धर्मावलम्बीहरुले आफनो पैगम्बर मोहम्मदको ज्यन्ती विभिन्न धार्मिक नारा लगाउदै नेपालमा शान्तीको कामना समेत गरेका थिए । ज्लुस कोणसभामा परिणत भएपछि संस्थाका अध्यक्ष सैयद गुलाम हुसैन मिँयाले ईस्लाम धर्मको सामाजिक सन्देश तथा शुभकामना व्यक्त गर्दै सरकारले मुस्लिम समुदायको महान पर्वमा सार्वजनिक विदा नदिएको प्रति आपत्ति जनाए । अध्यक्ष सैयद हुसैनले जिल्लामा ईस्लाम धर्मको धार्मिक शिक्षाका लागि सरकारले उच्च शिक्षा र विद्यालयको व्यवस्थाप समेत गर्न आग्रह गरे ।

कोणसभामा मुस्लिम नेता अमिरुल्लाह मिँया, ईजहार मिँया, हैदर अली मोमिन र मौलाना हाजी तैयब अलि, मौलाना मोहर्रम अलि निजामी, समाजसेवी कासिद अलि लगायतले यस्तो मुस्लिम समुदायको महान पर्व मोहम्मद ज्यन्तीमा सरकारले सार्वजनिक विदा नदिएको प्रति आपत्ति जनाउदै मुस्लिम समुदायको मदरसामा उच्च शिक्षाको व्यवस्था र कबरिस्ताको समस्या सामाधान गर्न तिन तहकै सरकार संग आग्रह गरे । ज्लुसमा करिब २ हजार जनाको सहभागिता रहेको थियो भने जिल्लामा ३० हजार भन्दा बढि मुस्लिम वर्गहरुको बसोबास रहदै आएको छ।


You might also like
Loading...