निर्वाचित भएको दुई सातामै बोलिभियाका राष्ट्रपतिद्वारा राजीनामा





बोलिभियामा १४ वर्षदेखि सत्तामा रहँदै आएका राष्ट्रपति इभो मोरालेसले पदबाट राजीनामा दिएका छन् ।

अघिल्लो महिना भएको निर्वाचनबाट उनी पुनः राष्ट्रपतिमा निर्वाचित भएपनि निर्वाचनमा धाँधली भएको प्रमाण फेला पारेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले दाबी गरेपछि उनले पदबाट राजीनामा दिएका हुन् ।




देशमा उत्पन्न तनाव र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले समेत निर्वाचन परिणाम बदर गर्न माग गरेका बेला उनको राजीनामा आएको हो ।

मोरालेसले निर्वाचनमा धाँधली भएका निष्कर्षहरुसँग आफू सहमत रहेको भन्दै निर्वाचन आयोगमा सुधारका कदमहरू चालेर नयाँ चुनाव गराउने बताएका थिए । तर देशका नेताहरू र सेना तथा प्रहरीका प्रमुखहरूले उनलाई पद छाड्न सुझाव दिएपछि उनले राजीनामा दिएका हुन् ।

यसै साताको सुरुमा उनका केही साझेदारहरूमाथि आक्रमण भएको थियो भने उनीहरुका घरमा आगजनी समेत गरिएको थियो ।

टेलिभिजनमार्फत सम्बोधन गर्दै मोरालेसले आफूले राष्ट्रपतिको पदबाट राजीनामा दिने घोषणा गर्दै आन्दोलनकारीहरूलाई आफ्ना दाजुभाइ दिदीबहीनीलाई आक्रमण नर्गन र आगजनी रोक्न आग्रह गरेका थिए ।

मोरालेससँगै भेनेजुएलाका उपरराष्ट्रपति अलभारो गारसिया लिनेरा र सिनेटका अध्यक्ष एडरियाना सलभाटिराले पनि राजीनामा दिएका छन् । सो घोषणासँगै आन्दोलनकारीहरू सडकमा निस्किएर आतसबाजी गर्दै खुसीयाली मनाएका थिए ।

बोलिभियामा चुनावमा धाँधली भएको भन्दै केही सातादेखि विरोध प्रदर्शन भइरहेका थिए । राष्ट्रपतीय निर्वाचनको रात मतगणना २४ घण्टाका लागि रोकिएपछि सुरूमा तनाव उत्पन्न भएको थियो।

अन्तिम परिणाममा मोरालेसलाई पहिलो चरणबाटै चुनाव जित्न आवश्यक भन्दा १० प्रतिशत बढी मत ल्याएको भन्दै विजयी घोषित गरिएको थियो । त्यसपछि भएका झडपहरुमा ३ जनाको मृत्यु भएको थियो । आन्दोलनमा प्रहरीहरुले समेत साथ दिएका थिए ।




सम्बन्धित
Loading...