विप्लवमा नलाग्ने कागज गराएर छाडे क्रान्तिकारी माओवादीका कार्यकर्ता अनिललाई

281







कावासोती । विप्लव नेतृत्वको नेकपामा नलाग्ने सर्तनामा कागज गराएर प्रशासनले नेकपा क्रान्तिकारी माओवादीका अनिल परियारलाई छाडिएको छ ।
उनलाई आइतबार प्रहरीले काम छ भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुरमा बोलाएर नियन्त्रणमा राखिएको थियो ।
उनी विप्लव नेकपाका पूर्व जिल्ला सदस्य हुन् । उनले विप्लव नेकपा पार्टी परित्याग गरेको घोषणा गरी नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका थिए ।
उनलाई सोमबार दिउँसो कागज गराएर छाडिएको नेकपा क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापाले बताए ।

 


विप्लवका पूर्व कार्यकर्ता प्रहरी नियन्त्रणमा


You might also like
Loading...