दाङमा फायरिङ गरेर प्रहरीले अपहरणकारी समात्यो

233







नारायण खड्का,

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले युवा युवतीलाई जवरजस्ती बन्धक बनाउने (अपहरणकारी)लाई पक्राउ गर्न दुई राउन्ड फायरिङ गरेको छ ।


तुलसीपुर उपमहागरपालिका वडा नं. ३ खमारी निवासी १९ बर्षीय विमल वली, सोही ठाउँ निवासी १९ बर्षीय नविन नेपाली र २६ बर्षीय दुजबहादुर खत्रीलाई नियन्त्रणमा लिन दुई राउन्ड फायरिङ गर्नु परेको इप्रका तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले जानकारी दिए ।

गत शनिवार उनीहरुले मोटरसाईकलमा फर्कदै गरेका एक पुरुष र महिलालाई बन्धक बनाइ अस्लिल भिडियो समेत निर्माण गरि सामाजिक सञ्जालमा सार्वजनिक गरि दिने भन्दै रकमका लागि धम्कि दिदै आएका थिए ।

गत शनिवार दिउँसो साढे ३ बजेतिर रा ४ प ६०८३ नम्बरको मोटरसाईकलमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ खमारीस्थित चमेरे गुफाबाट फर्किदै गर्दा तुलसीपुरका एक महिला र पुरुषलाई स्थानीय युवाहरुले बन्धक बनाएर अस्लिल भिडियो बनाएको र त्यो सार्वजनिक गरिदिने भन्दै ५ लाख रुपैंया माग्दै आएका थिए ।

डिएसपी योगीका अनुसार पक्राउ परेका तीन जना र फरार दुई जना समेत गरि ५ जना युवाहरुले मिलेर सडक खण्डदेखि ५० मिटर माथि टाकुरामा अपहरण पछि कुटपिट गर्नुका साथै डर त्रास देखाएर अस्लिलता प्रकट हुने भिडियो बनाएको र त्यसैका आधारमा बार्गेनिङ गर्ने गरेको जानकारी दिए ।

उक्त दिन ती युवाहरुले सवारी चालक अनुमति पत्र, युवा युवतीका २ थान मोवाईल समेत खोसेर लगेका थिए । सोही जाहेरीका आधारमा सोमवार एका विहानै प्रहरी तुलसीपुर ३ खमारी क्षेत्रमा परिचालित भएको र उनीहरु भाग्न खोजेपछि नियन्त्रणमा लिन दुई फायर गर्नु परेको डिएसपी योगीले बताए । विहान साढे ७ बजे तिर प्रहरीले दुई राउन्ड गोली फायर गरेर उनीहरुलाई पक्राउ गर्न सफल भएतापनि घटनामा संलग्न मध्य थप जना फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

डिएसपी योगीले युवा युवतीलाई बन्धक बनाउने र अस्लिल भिडियो बनाउने मध्यका तुलसीपुर ३ कै २३ बर्षीय इश्वर पुन र २० बर्षीय अर्जुन पुन फरार रहेको जानकारी दिए । उनीहरुको खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ ।


You might also like
Loading...