रौतहटमा प्रहरी चौकीमा अज्ञात समूहद्वारा बम विस्फोट

112







रौतहटमा एक प्रहरी चौकीमा बम विस्फोट भएको छ । रौतहटको इशानाथ नगरपालिकामा रहेको प्रहरी चौकीमा अज्ञात समूहले बम विस्फोट गराएको हो ।

विस्फोटमा परी एक जना प्रहरी जवान घाइते भएका छन् भने प्रहरी चौकीको भवनमा सामान्य क्षति पुगेको छ । घाइते हुनेमा सेन्ट्रीमा रहेका प्रहरी जवान रन्जित कुमार यादव रहेका छन् । उनको पाखुरामा सामान्य चोट लागेको छ ।


चौकीमा सानो खालको सुतली बम विस्फोट भएको रौतहटका डीएसपी नविन कार्कीले जानकारी दिए । सो बम विस्फोट गराएर भाग्ने क्रममा एक जना भारतीय नागरिक पक्राउ परेको उनले जानकारी दिए । पक्राउ पर्नेमा भारत ढाका घर बताउने २५ वर्षका चन्दनकुमार रहेका छन् ।

सो चौकी सामूहिक हत्या अभियोगमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद अफ्ताव आलमको गाउँभन्दा ५ किलोमिटर टाढा रहेको छ । उनीहरुले बीआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकल प्रयोग गरेर बम विस्फोट गराएका थिए । सो बम के कारण र किन विस्फोट गराइएको हो भन्ने बारेमा थप अनुसन्धान भइररहेको छ ।


You might also like
Loading...