भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू

308







सरकार गठनलाई लिएर चुलिएको राजीतिक संकटका बीच भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू भएको छ । केन्द्र सरकारको सिफारिसमा राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति शासनको अनुमति दिएका हुन् ।


राज्यपाल भगत सिंह कोश्यारीले पनि राष्ट्रपति शासनको सिफारिस गरेका छन् । यसैबीच, शिवसेनाले राज्यपालको फैसलाविरुद्ध सर्वोच्च अदालतमा रिट हालेको छ ।

गएको १५ दिनदेखि सत्ताका लागि उथलपुथल भए पनि कुनै पनि दलले बहुमत सिद्ध गर्न नसकेपछि महाराष्ट्रमा राष्ट्रपति शासन लागू भएको हो ।

मंगलबार भारतका राष्ट्रपति रामनाथ कोबिन्दले महाराष्ट्रका राज्यपाल भगत सिंह कोश्यारीले गरेको सिफारिसलाई अनुमोदन गर्नु भएको हो । राज्यपाल कोश्यारीले महाराष्ट्रमा कुनै पनि दल सरकार बनाउने अवस्थामा नरहेको भन्दै राष्ट्रपति शासन लागु गर्नु उत्तम विकल्प भएको भन्दै राष्ट्रपति कोबिन्दसँग अनुमति माग्नु भएको थियो ।

राज्यपाल कोश्यारीले भारतीय जनता पार्टी(बीजेपी), शिव सेना, नेसनलिस्ट कांग्रेस पार्टी(एनसीपी) लाई सरकार बनाउन मौका दिए पनि कसैले पनि बहुमत जुटाउन सकेनन् । सोमबार साँझसम्म दिइएको समयसीमाभित्र शिव सेनाले सरकार बनाउन नसकेपछि तेस्रो ठूलो दल एनसीपीलाई सरकार बनाउन मौका दिइएको थियो ।

एनसीपीलाई मंगलबार साँझसम्मको समय दिइएको थियो । बीजेपीले भने आफूले सरकार नबनाउने बताएको थियो ।


You might also like
Loading...