विप्लव नेकपाले नवलपरासीमा जलायो मोदीको पुतला
नवलपरासी । विप्लव नेकपाको कार्यकर्ताहरुले नवलपुरको सिजी धाम अगाडि मोदीको पुतला दहन गरेका छन् ।
भारतले नेपाली भूमि हडपेर बनाएको नयाँ भारतको नक्शा सहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेका हुन् ।
चौधरी उद्योगको सिजी शास्वत धाम अगाडि मंगलबार साँझ ५ बजेतिर विप्लव नेकपाका कार्यकर्ताहरुले मोदीको पुतला दहन गरेका हुन् ।