प्रधानमन्त्रीको नगरमा २५ तले भ्यु–टावर, स्थानीय भन्छन्– बरू अस्पताल बनाइदिएको भए हुन्थ्यो

302







पत्रपत्रिका –

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा २५ तले भ्युटावर निर्माणमा सुरु भएको  छ । संघीय सरकारअन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब ५४ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा ठेक्का दिएर दमक नगरपालिका ३ दापगाछीमा टावर निर्माण अघि बढाएको हो ।


२५ तले टावरमा अन्डरग्राउन्ड पार्किङ, व्यावसायिक पसल, हल र कर्पोरेट कार्याललयहरू रहने छन् । त्यस्तै आसपासमा बगैंचा, पोखरी र बालउद्यान बनाइने छ ।दमकमा भ्यु तावर बन्न लागे पनि स्थानीय भने खुसी छैनन् । यतिका रकम खर्चेर अन्य उपयोगी काम गरेको भए हुने उनीहरूको भनाइ छ ।

स्थानीय युवा पर्शुराम रिजालले दमकमा सुविधासम्पन्न अस्पतालको आवश्यकता औंल्याएका छन् । कान्तिपुरबाट


You might also like
Loading...