बुंदीकाली ५ वडाध्यक्ष उपनिर्वाचनः पूर्वअध्यक्षका छोरा र पत्रकारबीच भिडन्त

837







कावासोती । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नवलपुरको बुंदीकाली गाउँपालिका वडा नं. ५ मा वडाअध्यक्षका लागि दलगत रुपमा दुई जना मात्र उम्मेदवार हुने देखिएको छ। बुंदीकाली ५ को वडाअध्यक्षका लागि आज मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।
मनोनयन दर्ताका लागि नेकपा र काँग्रेसका जिल्ला नेतृत्व तहका नेताहरु सहित गएर मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।
यहाँ अहिलेसम्म वडाध्यक्षका लागि नेकपा र नेपाली काँग्रेसले मात्र उम्मेदवार घोषणा गरेको छ ।
नेकपा नवलपुरले बुंदीकाली ५ का वडाअध्यक्ष दलबहादुर खरु मगरका छोरा खिमबहादुर खरु मगरलाई अध्यक्षको उम्मेदवार बनाउने भएको हो । उनी पूर्व अध्यक्ष दलबहादुरका जेठा छोरा हुन् ।
नेपाली काँग्रेस बुंदीकाली गाउँपालिकाले बुंदीकाली ५ को लागि तुलबहादुर राना अनिललाई उमेदवार चयन गरेको छ । उनी देवचुली टेलिभिजनका पूर्व प्राविधिक हुन् । दुवै युवा उम्मेदवार हुन् ।
बुंदीकाली गाउँपालिका ५ का वडाअध्यक्ष दलबहादुर खरु मगरको ह्दयघातका कारण निधन भएपछि रिक्त स्थानमा निर्वाचन हुन लागेको हो । उनले नेकपा एमालेबाट उमेद्वारी दिएर निर्वाचनमा जितेका थिए। उनी पछिका कार्यवाहक अध्यक्षको पनि पछि निधन भएको थियो । मगरले ३८४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका मुक्तबहादुर थापा मगरले १५४ मत प्राप्त गरेका थिए।



You might also like
Loading...