काठमाडाैंका ५ ठाउँमा जुवाविरुद्ध प्रहरी अपरेशन, एकैरात ४३ जना पक्राउ
गएराति प्रहरीले काठमाडौंका विभिन्न स्थानमा जुवाविरुद्ध अपरेशन चलाएको छ । प्रहरीले काठमाडाैंका पाँच स्थानमा जुवा अपरेशन चलाएको हो ।
प्रहरीको अपरेशनका क्रममा करिब ९ लाख नगदसहित ४३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडाैंका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
महाराजगञ्ज, स्वयम्भू, कीर्तिपुर र बौद्ध प्रहरीले गएराति एकै समयमा जुवा अपरेशन चलाएको थियो ।