भारतीय हस्तक्षेपविरुद्ध नेविसंघको प्रदर्शन
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भारतीय हस्तक्षेपका विरुद्ध प्रदर्शन गरेको छ ।
नेविसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पसको आयोजनामा नेपाल टार, बाइपास, माछापोखरीक्षेत्रमा भारतीय हस्तक्षेप विरुद्ध प्रदर्शन गरेको हो ।
नेविसंघ नेता सुशील भट्टको नेतृत्वमा भएको बिरोध प्रदर्सनमा नेवि संघका नेता कार्यकर्ताका साथै स्थानीयबासीको समेत उपस्थिति रहेको थियो ।
नेपालटार ग्रामीण र एन आर कलेजबाट सुरु भएको विरोध ¥याली बालाजु परिक्रमा गरेर क्याम्पसमै पुगेर समापन भएको थियो । भारतले नेपाली भूमि कालापानी, लिपुलेकलाई समेटेर भारतले नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा नेविसंघ काठमाडौंका विभिन्न स्थानमा दिनदिनै प्रदर्शन गर्दै आएको छ ।