लाउडस्पिकर लिएर सीके राउतको पार्टी उपनिर्वाचनमा

111







पृथकतावादी आन्दोलन छाडेर राजनीतिक पार्टी स्थापना गरेका सीके राउतको जनमत पार्टी उपनिर्वाचनमा सहभागी भएको छ ।

सो पार्टीले महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएको छ । जनमत पार्टीबाट अञ्जलीदेवी मण्डलले उम्मेदवारी दिएकी हुन् ।


सीके राउतका पार्टीका चुनाव चिन्ह लाउडस्पिकर रहेको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका–१ को वडाअध्यक्ष पदमा पनि उम्मेदवारी दिएको सो पार्टीले जनाएको छ । सो स्थानमा दिनेश राय यादवले उम्मेदवारी दर्ता गराएका छन् ।


You might also like
Loading...