नवलपरासीमा लागुऔषध सहित पक्राउ





परासी । पश्चिम नवलपरासीको सुनवल १२ हरकट्टाबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
बसमा आउँदै गरेका चितवनको रामपुर नगरपालिका १ बस्ने १८ बर्षका अवि तामाङलाई प्रहरीले हरकट्टाबाट चेकजाँचको क्रममा लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।
तामाङको साथबाट प्रहरी डाइजोपाम १ सय ५० एम्पुल, फेनारागन १ सय ७५ एम्पुल, नुफिन १ सय २५ एम्पुल, जाइट्रोजेपाम ४८ ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नावय उपरीक्षक विरेन्द्र थापाले जनाएका छन् ।




सम्बन्धित
Loading...