दाउन्नेमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

379







नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको बर्दघाट नगरपाििलका ४ दाउन्नेको जंगलमा बुधबार ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ४५०४ नम्बरको ट्रक आफै अनियन्त्रित भई बाटोदेखि २५ मिटर तल खस्दा ट्रक धनी नवलपरासीको सुनवल नगरपालिका १३ बस्ने २५ बर्षका बलबहादुर सार्की र सवारी चालक सुनवलकै २९ बर्षका नरबहादुर गुरुङको ज्यान गएको हो ।
उनीहरुको घटना स्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।




You might also like
Loading...