चितवन र नवलपरासीका अगुवा बोटे महिलालाई क्षमता विकास तालिम

422







कावासोती । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आयोजनामा विहीबारदेखि नवलपरासीको कावासोतीमा बोटे समुदायका अगुवा महिलाहरुका लागि बोटे महिला समुदायको संस्थाको क्षमता अभिवृद्धिका लागि दुई दिने तालिम शुरु गरिएको छ ।
तालिम विहीबार र शुक्रबार गरी दुई दिनसम्म चल्ने छ । तालिममा चितवन र नवलपरासीका बोटे समुदायका महिला अगुवाहरुको सहभागिता रहेको छ ।
तालिममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका केन्द्रिय महासचिव शान्ति देवन, कोषाध्यक्ष निर्मला भुजेल र आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष राम तामाङले सहजी करण गरेका छन् ।



You might also like
Loading...