गुल्मीको चन्द्रकोटमा ३ जनाको विभत्स हत्या गर्ने पक्राउ

303







केहिदिन अघि जिल्लाको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरको जंगलमा २ बालिकासहित १ महिलाको हत्यामा सम्लग्न भएको आशंकामा २ जना पक्राउ परेका छन ।


बागलुङको गलकोट नगरपालिका–८ थालेपोखराका माधव सुनार र पूर्णबहादुर सुनारलाई कास्कीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न अन्य एक जना भने अझै फरार रहेका छन् ।

पक्राउ परेकालाई तम्घास ल्याउने तयारी भएको बताईएको छ । गएको १६ गते चन्द्रकोट गाउँपालिका ३ हर्राचौरको जंगलमा २ बालिकासहित १ महिलाको विभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । गुल्मी ल्याएर अनुसन्धान पछिमात्र सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ । थप जानकारी आउन बाकीँ छ ।


You might also like
Loading...