बुटवलबाट प्रदेशको राजधानी हट्दैन- विष्णु पौडेल





नेकपाका महासचिव तथा प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले प्रदेश ५ को स्थायी राजधानी बुटवलमै हुने दाबी गरेका छन्।  बुधवार साँझ तिलोत्तमामा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले उक्त दाबी गरेका हुन्।

‘प्रदेश ५ को राजधानी हल्काफुल्का ढंगले राखिएको होइन’, उनले अघि भने, ‘बुटवलमा रहेको प्रदेशको राजधानी अब स्थायी नै हो भनेर बुझ्दा पनि हुन्छ।’


प्रदेशको नामाकरणको विषयमा प्रदेश सभाले गठन गरेको आयोगले छिट्टै टुङ्गो लगाउने विश्वास व्यक्त गर्दै उनले नामाकरणमा समेत कुनै विवाद सिर्जना नहुने उल्लेख गरे।

त्यसैगरी उनले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा चासो र चिन्ताको विषयममा रहेको सिद्धबाबामा केही हप्ता दिनमा सुरुङमार्ग निर्माणका लागि टेन्डर प्रक्रिया सुरु हुने बताए।




सम्बन्धित
Loading...