नवलपरासीको गैडाकोटमा बलेरो दुर्घटना हुँदा १४ जना घाइते

264







नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा बलेरो जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
गएराति गैडाकोट ३ मा रहेको हर्दि खोलामा बा ११ च ७०८३ नम्बरको बलेरो जीप ब्याक गर्न खोज्दा जिप खोलामा ३० मिटर तल खस्दा दुर्घटनामा भएको हो ।
दुर्घटनामा घाइते भएकाहरुको नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी जीप चालक धादिङको २० बर्षीय सुरेश तामाङ, मध्यविन्दु नगरपालिका १२ बस्ने ४० बर्षीय डिलबहादुर ढेंगा मगर, विनयी त्रिवेणी ३ सर्दीका ४० बर्षीय निरा गुरुङ, ११ बर्षीय दिव्या गुरुङ, ३७ बर्षीय डोलमाया गुरुङ, कैलालीको लम्की नगरपालिका ८ बस्ने ३५ बर्षका सन्तु चौधरी, बाराका २४ बर्षीय कमलेश कुमार यादव, रोल्पाको लिवाङ्ग नगरपालिका ९ बस्ने ३० बर्षीय विकास विक, रोल्पाकै १४ बर्षीय मुनाल विक, नवलपरासीको विनयी त्रिवेणी ३ बस्ने २ बर्षका एनोस गुरुङ, १० बर्षका सरण गुरुङ, ५८ बर्षीय जगत दाहाल लगायत रहेका छन् ।



You might also like
Loading...