नेकपा विनयी त्रिवेणी अध्यक्ष सम्मानित

543







पुष्पलाल स्मृति प्रतिष्ठान नवलपुर शाखाद्वारा नवलपुर कम्युनिष्ट आन्दोलनका पुराना नेता रिपलाल विश्वकर्मालाई सम्मान गरेको छ । विश्वकर्मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विनयी त्रिवेणीका अध्यक्ष तथा जिल्ला कमिटि सदस्य समेत हुन् ।


विश्वकर्मा केही समयदेखि क्यान्सर रोगले पीडित छन् । पुष्पलाल समृति प्रतिष्ठान नवलपुर शाखाका सदस्य समेत रहेका रिपलाल बिश्वकर्मालाई पुष्पलाल स्मृति प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य, स्कुल विभागका केन्द्रीय उपाध्यक्ष समेत रहेका बेदुराम भुषालले दोसल्ला, माला र सम्मान पत्रले सम्मान गरेको थियो ।

लामो समयदेखि नवलपुर कम्युनिष्ट आन्दोलनमा सक्रिय भूमिका खेलेका रीपलाल बिश्वकर्मा र उनको जीवन संगिनी अमृता विश्वकर्मालाई सम्मान गरिएको हो । प्रमुख अतिथि समेत रहेका भुषालले पुष्पलालको विचारलाई प्रचार प्रसार गर्नु, कम्युनिष्ट आन्दोलनका पुराना नेताहरूलाई सम्मान गर्नु प्रतिष्ठानको काम रहेको बताएका छन् ।

कार्यक्रममा नवलपुर क्षेत्र नं। २ का सांसद तिलक महत, नेकपा केन्द्रीय सदस्य किशन शर्मा, नेकपा प्रदेश सदस्यहरू धनप्रसाद सापकोटा, तारा भूषाल, सुष्मा खनाल, जिल्ला कमिटि सदस्यहरू, विनयीत्रिवेणी गाउँपालिकाका सदस्यहरू, पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरूको उपस्थितिमा  कार्यक्रम भएको थियो ।

प्रतिष्ठानका जिल्ला अध्यक्ष धनञ्जय शर्माको अध्यक्षता र जिल्ला सचिव शालिकराम भट्टराईको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।


You might also like
Loading...