पूर्वमन्त्री आलमलाई जेल चलान गर्न अदालतकाे आदेश

268







जिल्ला अदालत रौतहटले पूर्वमन्त्री तथा निलम्बित सांसद मोहमद अफताव आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले मुलुकी फौजदारी संहिता २०७४ को दफा ६७ को उपदफा १ को ख बमोजिम मुद्दा सुनुवाइ नसकिएसम्मका लागि थुनामा राख्न आदेश दिएको हो ।


१२ वर्षअघि बम विस्फोटन गराएको आरोपमा परेकाे सो मुद्दामा यही २१ कात्तिकदेखि थुनछेक बहस सुरु भएको थियो । थुनछेक मुद्दामा सरकारी वकिलको तर्फबाट ५ जना वकिलले बहस गरेका थिए ।

२७ चैत २०६४ सालमा दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएर मारेको अभियोगमा आलमविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको थियो । आलमको मुद्दा जिल्ला न्यायाधीश दिपक ढकालको इजलासमा बहस भइरहेको छ ।

२०६४औं सालको संविधानसभाको निर्वाचनमा रौतहटको राजपुर फरदहवामा बम विस्फोट गराएको आरोपमा आलमलाई गत असोज २६ गते रौतहट प्रहरीले पक्राउ गरेको थियो ।


You might also like
Loading...