गैडाकोटमा आगलागी हुँदा ३५ हजार बराबरको क्षति

301







कमल कुँवर –
गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोटमा शुक्रबार आगलागी हुँदा ३५ हजार बराबरको क्षति भएको छ ।
गैडाकोट प्रहरीका अनुसार गैडाकोट ११ गणेश मन्दिर नजिकै रहेको बाबुराम श्रेष्ठको घर नजिकै थुपारेर राखेको परालमा आगलागी भएको हो ।
आगलागीबाट ३५ हजार बराबरको पराल जलेर नष्ट भएको छ । आगो स्थानीय बासिन्दा, प्रहरी र दकमलले नियन्त्रणमा लिएको थियो । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।



You might also like
Loading...