उपनिर्वाचन बुंदीकाली ५ः मामा र भान्जाबीच चुनावी प्रतिप्रर्धा

325







नवलपुर । मसिर १४ गते हुने उपनिर्वाचन अन्तरगत नवलपुरको बौदिकाली ५ मा हुन लागेको वडाअध्यक्षको निर्वाचनमा मामा भन्जा चुनावी प्रतिप्रर्धामा उभिएका छन् ।
यहाँ नेकपा, नेपाली काँग्रेस र समाजवादी पार्टीले अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । ति मध्ये नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका तुलबहादुर राना मगर (अनिल) र नेकपाका खिमबहादुर थापा खरु मगर भान्जा हुन् ।
नेकपाका उम्मेदवार पूर्व अध्यक्षका जेठा छोरा हुन् भने नेपाली काँग्रेसका उम्मेदवार पत्रकारिता छाडेर राजनीतिमा होमिएका हुन् ।
समाजवादी पार्टीका तर्फबाट पितमबहादुर रानाले उम्मेदवारी दिएका छन् ।
यस अघि नेकपाले सजहै जित हात पारेको ठाउँमा नेकपाले वडाध्यक्षकै जेठा छोरालाई टिकट दिएर जितलाई सहज बनाउने दाउ खेलेको छ भने नेपाली काँग्रेस अघिल्लो हारको बदला चुकाउने दाउमा छ । यहाँ यस पटक समाजवादी पार्टीले पनि युवा उम्मेदवारलाई अगाडि सारेकोले यस पटक समाजवादी पार्टीका उम्मेदवार पितमले कसको कति भोट काट्न सक्छन् त्यसैले नेकपा र काँग्रेसको जित हार निर्धारण गर्न सक्ने छ । समाजवादी पार्टीले यस पटकको उपनिर्वाचनलाई पार्टी एकता पछिको परीक्षाको रुपमा पनि लिएकोले समाजवादी पार्टी पनि चुनावी मैदानमा खरो प्रतिप्रर्धामा उत्रने सम्भावना देखिन्छ ।
यस वडामा हाल ८ सय ५३ मतदातादा रहेका छन् ।



You might also like
Loading...