चितवनमा जंगली हात्तीको आक्रमणबाट बाबु छोराको मृत्यु





चितवनको माडी ठोरी सडकखण्ड अन्र्तगत चितवन राष्ट्रिय निकुञ्जभित्र जंगली हात्तीको आक्रमणमा परि २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माडी नगरपालिका १ का ६० बर्षिय बाबुराम पौडेल र ३५ बर्षिय राजु पौडेल रहेका छन् । मृतक बाबु छोरा रहेको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरिक्षक हर्क बहादुर विश्वकर्माले जानकारी दिए।




बगहीदेखि ठोरीको अमुवा क्षेत्रको लु ३१ प २९११ नं को मोटरसाइकलमा यात्रा गर्नेक्रममा उनीहरु जंगली हात्तीको आक्रमणमा परेको हो । घटना लगत्तै नेपाली सेना,प्रहरी र जनप्रतिनिधि सहित स्थानियहरु घटनास्थलमा पुगेका थिए । शवको मुचुल्का उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...