मध्यरातमा नाइट क्लबमा भेटिए चार फुटबलर, एन्फाले राष्ट्रिय टिमबाटै हटायो


 अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिमल घर्ती मगर र अञ्जन विष्टसहित चार खेलाडीलाई राष्ट्रिय फुटबल टिमबाट हटाएको छ ।




एन्फाले बिमल, अञ्जनसँगै दिनेश राजवंशी र सन्तोष तामाङलाई कारबाही गरेको हो । विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्न भुटान जानु अघि चारै जना शुक्रबार राति ठमेलको नाइट क्लबमा पुगेका थिए ।

उनीहरुलाई तत्काल टिमबाट निकालिएको र थप कारबाहीबारे एन्फाको आगामी बैठकले निर्णय लिने प्रवक्ता किरण राईले बताए ।







सम्बन्धित
Loading...