नेपाली भूमि अतिक्रमणको विरोधमा बुटवलमा जनमुक्ति पार्टीको खबरदारी सभा





राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सुर्यबँशी मगरले नेपालका सत्ताधारी नेताहरुको नियत सफा नभएको आरोप लगाएका छन् ।

भारतले नेपाली भुमिलाई आफ्नो नक्सामा पारेको बिरोधमा राष्ट्रिय जनमुक्ति पार्टीले शनिबार रुपन्देहीको बुटवलमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्दै उनले नेपाली भुमिलाई भारतले आफ्नो सीमा भित्र पारेर नक्सा प्रकाशन गरेको यतिका दिन हुँदा पनि केही पहल नगर्नुबाट सत्ताधारीहरुको नियत सफा नभएको प्रष्ट भएको बताए ।




उनले भेनेजुएलाको प्रसँग निकाल्दै कुनैपनि सम्बन्ध नभएको भेनेजुएलाको राजनीतिक सँकटका बारेमा बिज्ञप्ति निकाल्न सक्ने सत्ताधारी नेताहरुले , नेपालको ठुलो भुमि लुटिँदा पनि खोक्न समेत नसकेको प्रति असन्तुष्टि पोखे ।

त्यस्तै उनले देशको सार्बभौमिकता सँकटमा पर्दा पनि केही नगर्ने सत्ताधारी नेताहरु राष्ट्रघाती भएको र अव जनताले उनीहरुलाई थुक्ने दिन आएको बताए । अव जनताले यस्ता सरकार र नेताका बिरुद्धमा बृहत खवरदारी गर्ने र यसमा दमनको नीति लिएमा फ्रान्सका तत्कालीन शासक लुइ सो¥हौँलाई जस्तै जनताले छ इन्च घटाइदिन सक्ने चेतावनी समेत दिए ।

सीमा बिबाद समाधान गर्न प्रधानमन्त्रीले पहल गरेमा समाधान हुन सक्ने भन्दै उनले भने , “प्रधानमन्त्रीले गम्भीरताका साथ पहल गरेमा बिबाद हल हुन सक्छ , कथँकदाचित भारतले सुनुवाइ नगरेमा अन्तराष्ट्रिय अदालत हेगमा मुद्दा दर्ता गर्नुपर्छ । ”

“यति गर्न नसके तुरुन्त राजीनामा गर्नुपर्छ ” उनले भने । बँगलादेशले आफ्नो भुमि यसरी नै भारतबाट लिएको प्रसँग उल्लेख गर्दै उनले नेपालले पनि चाहेमा आफ्नो भुमि फिर्ता लिन सक्ने बताए । एक फरक प्रसँगमा बोल्दै उनले राष्ट्रिय जनमुक्ति पार्टी देशको परिस्थिति अनुसार जहाँ आवश्यक पर्छ त्यहाँ उपस्थिति जनाउने प्रतिबद्धता जनाए ।

आवश्यक परेमा मिचिएको भुमि फिर्ताका लागि आन्दोलनको अगुवाइ गर्न र कालापानी पुगेर नेपाली झण्डा फहराउन सक्ने पनि आफ्नो पार्टीको ल्याकत रहेको उनले बताए । बुटवलमा सम्पन्न खवरदारी सभामा पार्टीका केन्द्रिय नेताहरु डाक्टर हाँजी मोहम्मद , टोप अस्लामी , दल बहादुर बिरकट्टा , झम बहादुर गुरुङ लगायतले सम्बोधन गरेका थिए ।

सभा अघि ¥याली सम्पन्न भएको थियो । ¥यालीमा लिपुलेक हाम्रो हो , सीमा बिबाद समाधान गर जस्ता नारा लगाइएको थियो ।




सम्बन्धित
Loading...