क्रान्तिकारी माओवादी प्रदेश २ को सम्मेलन, रमेशको नेतृत्वमा ३७ सदस्यीय प्रदेश समिति निर्वाचित

265







– सञ्जय सिंह –


जनकपुर । नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश २ को सम्मेलन सम्पन्न भएको छ । शुक्रबारबाट जारी सम्मेलन खुल्ला सत्र र बन्द सत्र गरी सम्पन्न भएको हो । सम्मेलनको बन्द सत्रले रमेशको नेतृत्वमा ३७ सदस्सीय प्रदेश कमिटि निर्वाचित गरेको छ । जसमध्ये २९ सदस्यीय पूर्ण र बाँकी वैकल्पिक सदस्यको रुपमा निर्वाचित भएको पार्टीको प्रदेश कार्यालयले जनाएको छ । निर्वाचित कमिटिलाई पार्टीका स्थायी समिति सदस्य, पार्टी प्रवक्ता तथा पूर्वी कमाण्ड इन्चार्ज प्रतीकले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

सम्मेलन पार्टी महासचिव मोहन वैद्य‘किरण’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । महासचिव किरणले खुल्ला र बन्द सत्रलाई सम्बोधन गर्नुभएको थियो । बन्द सत्रलाई सम्बोधन गर्दै महासचिव किरणले पार्टीको कार्यदिशा, वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र तत्कालीन कार्यनीतिक स्टेपहरुको विषयमा सविस्तार प्रशिक्षण दिनु भएको थियो ।

बन्द सत्रमा प्रस्तुत सांगठानिक तथा राजनीतिक प्रतिवेदन प्रतिनिधिहरुबीच समूह बनाई छलफल चलाइएको थियो । छलफलबाट आएको सुझावको आधारमा प्रतिवेदनलाई समृद्ध पार्ने गरी एकमतले प्रस्ताव पारित भएको थियो ।


You might also like
Loading...