नवलपुरका पुस्तक व्यवसायीको १४ औं साधारण सभा

306







नवलपुर । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, नवलपुर शाखाको १४ औं साधारण सभा दलदलेमा भएको छ ।
कार्यक्रमका नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय प्रथम उपाध्यक्ष ऋषिराम शर्मा भण्डारीले पुस्तकमा रहेका यावत समस्याहरू समाधान गर्न व्यवसायीहरू एक हुनु पर्ने बताए ।
उनले आपसी मनमुटाव, टकराव र अस्वस्थ प्रतिष्पर्धा त्याग्ने हो भने मात्रै धेरै समस्याहरू समाधान हराउने र एकरूपता आउने बताएका छन् । पुस्तकमा अब पहिलाको जस्तो कमिसनको खेलहरू हुन छोडेको र जस्ले गुणस्तरीय पुस्तक प्रकाशन गर्छ, जुन सर्वसुलभ छ त्यही पुस्तक नै विक्री हुने उनले बताएका थिए । निजी विद्यालयहरूले बर्षै पिच्छे पुस्तक परिवर्तन गर्दा व्यवसायीहरूलाई अप्ठ्यारो परेको हुँदा कम्तिमा ३ बर्ष सम्म पुस्तक परिवर्तन नगर्न आग्रह समेत गरेका थिए ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाई, नवलपुर प्रमुख कृण्णचन्द्र पोख्रेलले नवलपुर जिल्लामा बैशाख र जेठ महिना भित्र सबै विद्यार्थीले पुस्तक पाएको महासंघलाई धन्यवाद प्रकट गरेका थिए ।
आगामी दिनमा शैक्षिक सत्र सुरू नहुदै पुस्तक उपलब्ध गराउन सुझाब दिएका थिए । त्यसका लागि पुस्तक सुची २ महिना पहिला नै प्रकाशन गर्न, गराउन शैक्षिक संस्थालाई आव्हान गर्ने समेत बताएका थिए ।
सोही कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष देवलाल काफ्ले, केन्द्रीय सदस्य शोभाकान्त रेग्मी, चितवनका बरिष्ठ उपाध्यक्ष तथा केन्द्रीय सदस्य प्रमेश आचार्य, उद्योग संघ, नवलपुरका अध्यक्ष कृण्ण गौतम, देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशम सापकोटा, मध्यविन्दु उद्योग बाणिज्य संघका अध्यक्ष केदार पराजुली, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष होमराज रानाभाट, पुस्तक व्यवसायीका सल्लाहाकार संयोजक विरेन्द्र पराजुलीले शुभकामना मन्तव्य राखेका थिए ।


सोही कार्यक्रममा २५ बर्षदेखि निरन्तर पुस्तक व्यवसायी गर्दै आएका लक्ष्मी पुस्तक तथा स्टेशनरी प्रगतिनगरका प्रोपाईटर शोभाकान्त रेग्मी र लक्ष्मी पुस्तक पसल, अरूणखोलाका प्रोपाईटर धुर्वकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।
महासंघका अध्यक्ष रविन्द्र न्यौपानेको अध्यक्षता र सचिव अर्जुन अविरलको सहजीकरणमा भएको हो ।


You might also like
Loading...