सामुदायिक वनलाई सरकारले लगाउन खोजेको कर अवैज्ञानिकः फेकोफन नवलपुर

205







नवलपुर । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका जिल्ला अध्यक्ष ठाकुर पाण्डेले सामुदायिक वनमा सरकारले लगाउन लागेको कर अवैज्ञानिक भएको बताएका छन् ।
महाराजा सामुदायिक वन उपभोक्ता समूह प्रगतिनगरको वन हस्तान्तरण पछिको पाँचौ बार्षिक साधारण सभामा बोल्दै उनले सामुदायिक वन कुनै नाफामुलक संस्था नभई शुद्ध संरक्षणमा लाग्ने र सेवामुलक संस्था भएकोले यसले कुनै लाभांष वा वोनस समेत प्रदान नगर्ने भएकाले पनि सामुदायिक वनमा कर लगाउने वैज्ञान्कि नहुने उनको तर्क थियो ।
महाराजा सामुदायिक बन समूहका अध्यक्ष गनबहादुर रानाको अध्यक्षतामा कार्यक्रम भएको हो ।
पाण्डेले सडक छेउमा परेका रुखहरु सडक बिस्तारका नाउँमा संघीय सरकारले लैजान नहुनेमा जोड दिए ।
उनले भने पुस्तौदेखि स्थानीयले नै संरक्षण गर्दै आएका वनपैदावर स्थानीयले नै उपभोग गर्न पाउनुपर्छ ।
कार्यक्रममा बार्षिक प्रतिवेदन समुहकी सचिव गोमादेबी घिमिरे दवाडीले प्रस्तुत गरेकी थिइन भने कोषाध्यक्ष रोशन राउतले आर्थिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै आन्तरीक लेखा समितिका संयोजक मोतिलाल अधिकारीले बार्षिक लेखा प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा सेवाक्षेत्रभित्रका ज्येष्ठ नागरीक तथा समुहको घुम्ती कोषको लगानीबाट आयआर्जनमा संलग्न बिपन्न परिवारको उपभोक्तालाई सम्मान गरिएको थियो ।



You might also like
Loading...