कालापानीबाट भारतीय सेना फिर्ता गरः प्रधानमन्त्री

189







प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा पहिलो पटक भारतलाई कालापानीबाट भारतीय सेना फिर्ता गरेर लैजान भनेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संघको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतलाई कालापानीबाट भारतीय सेना फिर्ता लैजान आग्रह गरेका हुन् ।
उनले आफ्नो अतिक्रमित भूमि नेपाल सरकारले फिर्ता लिएरै छाड्ने बताए । प्रधानमन्त्री ओलीले नेपालको एक इन्च पनि जमिन मिच्न नदिने भन्दै उनले तत्काल सेना फिर्ता लैजान आग्रह गरेका हुन् ।
विगतका शासकको कमजोरीका कारण नेपाली भूभाग मिचिएको भन्दै उनले नेपाल सरकार सो जमिन फिर्ता गराउन सक्षम रहेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘नेपाली भूमि फिर्ता लिन सक्छौं, सक्नुपर्छ ।’
राष्ट्रियताको पक्षमा सबैले अभूतपूर्व एकता देखिएको भन्दै उनले एकताले सरकारलाई अतिक्रमित भूमि फिर्ता लिन बल पुगेको बताए ।



You might also like
Loading...